Connect with us

समसामयिक

संसदका दुइ समितिको बैठक बस्दै

Published

on

 संघीय संसद अन्तर्गतका दुइ समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार ती दुवै बैठक सिंहदरवारस्थित संसद सचिवालय परिसरमा बस्नेछ ।  

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ८ः०० बजेवाट सुरू हुनेछ । आजको बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल हुनेछ ।

उता, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भने पुरानै अजेन्डा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ, जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.