दैलेख महाबु गाँउपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले ३ हजार १ सय २७ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलक भण्डारीले २ हजार ६ सय ७५ मत पाएका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका जंगबहादुर बरालले ८ सय ४२ र रास्वपाका प्रकाश कुमार बुढाले १ सय १२ मत ल्याएका छन्।
यसअघि यो पालिकामा नेपाली कांग्रेसले जितेको थियो । नवनिर्वाचित अध्यक्ष शाही २०७४ को स्थानीय निर्वाचनमा समेत एमालेको तर्फबाट निर्वाचित भएका थिए ।
✏️ टिप्पणी लेख्नुहोस्