कुनै पनि अधिवेशनको मुल मर्म नै चुन्ने/चुनिन पाउने ‘जनवादी अधिकार’ हो । तर, एमालेको हिटलरमार्गी नेतृत्वले आफ्नो भगिनी संगठन प्रेस चौतारी नेपालको अधिवेशनमाप्रतिनिधिहरुलाईलालफित्ताशाही निरंकुशता लादेर जनवाद प्रदत अधिकारबाट पूर्णत बञ्चित गरेको छ ।
नेकपा (एमाले) को गुटिय शीर्ष नेतृत्वले विराटनगरमा जम्मा गरेको प्रेस चौतारी नेपालको ‘भेडी गोठ’ मा निचताको उत्कृष्ठता सार्वजनिक गरेको छ । आफ्नो १० औं राष्ट्रिय अधिवेशन भनेर देशभरका झण्डै एक हजार प्रतिनिधिहरुलाई प्रेस चौतारी नेपालले विराटनगरमा भेला गरेको भए पनि बहुसंख्यकलाई आँसुको घुट्का पिलाउँदै अपमानजनक ढंगले फिर्ता गरेको छ । भनिरहन परोइन, प्रेस चौतारी नेपाल नेकपा एमाले निकट पत्रकारहरुको भगिनी संगठन हो ।
कुनै पनि अधिवेशनको मुल मर्म नै चुन्ने/चुनिन पाउने ‘जनवादी अधिकार’ हो । तर, एमालेको हिटलरमार्गी नेतृत्वले प्रतिनिधिहरुमा लालफित्ताशाही निरंकुशता लादेर जनवाद प्रदत अधिकारबाट पूर्णत बञ्चित गरेको छ । जुन संगठन विस्तारको मलिलो उर्जाको नर्सरी बनाउनु पर्नेमा बालुवामा पानी हाल्ने उल्टो गति हो ।
अधिवेशनमा चुन्ने/चुनिने जनवादी अधिकारबाट बञ्चित गरिएपछि सबै जसो प्रतिनिधिहरु गुटिय शीर्ष नेतृत्वलाई धिक्कार्दै फर्किएका सुदूरपश्चिमबाट विराटनगर पुगेका एक जिल्ला अध्यक्षले नेपालमुहारलाई बताएका छन् । विवेकी प्रतिनिधिहरुको चेतनालाई अपमान गर्न र आफ्नो नोकरशाही मुर्खता छयालब्याल पार्न एमाले गुटिय नेतृत्वले एउटा ‘बुख्याचा’ निर्वाचन आयोग गठन गरेको थियो ।
जसले मतदाता नामावली प्रकाशन, उम्मेदवारी मनोनयन दर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन भन्दै एउटा चिर्कटो प्रकाशित गरेको थियो । मतदानको समय नै नराखी तथाकथित निर्वाचन तालिका सार्वजनिक गरेको बुख्याचो आयोगले नयाँ नेतृत्वको लागि उम्मेदवारी दिने फारम तोकिएका व्यक्तिहरूलाई मात्रै उपलब्ध गराएको थियो ।
आयोगले दिउँसो २ः ४५ बजे उम्मेदवारी दर्ताको समय दिइएको थियो । त्यस समयमा उम्मेदवारी दर्ता गर्न पुगेका अध्यक्षका प्रत्यासी राजेश राईलगायतको टिमलाई आयोगले उम्मेदवारको फारम नै दिएन ।
एमालेको जनवर्गीय सङ्गठनहरूको संयोजक भानुभक्त ढकाल र प्रेस चौतारीका इन्चार्ज राजेन्द्र गौतमले हस्ताक्षर गरेर दिएको सूचीका सदस्यहरुलाई मात्र ‘उम्मेदवार मनोनयन फारम’ दिइएको थियो । ‘हामीलाई उम्मेदवारको फारम नै दिएनन् । मनोनयन दर्ता गर्नै पाइएन । यो भन्दा निरङ्कुशता अरू के हुन्छ होला र ?’ राईको भनाइ छ ।
राईलगायतलाई उम्मेदवारीबाट बन्चित गरेपछि एमालेको गुटिय नेतृत्वले आफ्ना भाटहरु सम्मिलित केन्द्रीय समितिको नामावली सार्वजनिक गरेको थियो । गुटिय नेतृत्वले निरंकुशता लादेर एकलौटी नामावली वाचन गरिरहदा प्रतिस्पर्धा पक्षधरहरुबीचमा रुवावासी चलेको दृष्य निकै विदारक देखिन्थ्यो ।https://www.facebook.com/share/v/12GkRRu7s78