Connect with us

राजनीति

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

Published

on

नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी भाद्र ९, १० र ११ गते विहान ११ बजे काठमाडौँमा बैठक डाकिएको महासचिव घनश्याम भुसालले जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माणलगायतको एजेण्डा रहेको भुसालले जानकारी दिए । 

गत असारमा महाधिवेशन गरेको एकीकृत समाजवादीले केन्द्रीय कमिटी चयन गरे पनि पदाधिकारी चयन गर्न भने अझै बाँकी रहेको छ । आगामी बैठकसम्म पदाधिकारी चयन हुने नेताहरुले बताएका छन् ।

अहिले पछिल्ला दिनमा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच पार्टी एकता हुने चर्चा तिब्र रहेको छ । 

यस बीच माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पटक पटक भेटवार्ता समेत भएको छ । दुवै नेताबीच पार्टी एकता गर्न मोटामोटी सहमति भएको समेत दाबी गरिएको छ ।

पार्टी एकताको चर्चाका बीच एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.