Connect with us

अर्थ

युनिलिभर नेपालकाे ४७ करोड ७८ लाख नाफा

Published

on

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा युनिलिभर नेपालले नाफा कमाएको छ । कम्पनीले ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा गत आर्थिक वर्षको भन्दा १३.४९ प्रतिशतले धेरै हो । गत वर्ष यसै अवधिमा कम्पनीले ४२ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५.५१ प्रतिशतले बढ्दा नाफामा सुधार आएको छ । गत वर्ष १ अर्ब ८४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको यो त्रैमासमा बढेर १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । 
हाल युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ । यसको रिटेन्ड अर्निङमा ४ अर्ब १७ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्ष यसै अवधिमा रिटेन्ड अर्निङ ३ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो । 

यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्ष २ हजार ७५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर २ हजार ९७ रुपैयाँ (वार्षिक) पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ पनि ४ हजार २१४ रुपैयाँबाट बढेर ४ हजार ६४१ रुपैयाँ कायम भएको छ ।
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.