Connect with us

राजनीति

अध्यादेश सहमतिमा ल्याएका हौं, यसमा थप चर्चा परिचर्चा नगरौंः गगन/विश्व

Published

on

केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश सहमतिमा नै आएको जानकारी दिइएको छ ।

नेपाली कांग्रेसबाट ओली सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री र संसदीय दल कार्य समितिको बैठकमा कांग्रेस महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले उक्त बिफ्रिङ गरेका हुन् ।

‘बैठकमा अध्यादेशका विषयमा पनि कुराकानी भयो, अध्यादेश ल्याएको जानकारी गराउनु भयो महामन्त्रीज्यूले, यसमा पोजिटिभ कुरा भयो, छलफल गरेरै अध्यादेश ल्याएका हौं भने पछि यसमा थप चर्चा परिचर्चा नगरौं भन्नु भयो,’ बैठक पछि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।

अध्यादेशका बारेमा कांग्रेस भित्र मत मतान्तर देखा परे पछि सभापति देउवाले आज ओली सरकारमा प्रतिनिधित्व गर्ने १२ मन्त्री र संसदीय दल कार्यसमितिको बैठक बोलाएका थिए ।

जहाँ सभापति देउवाले गठबन्धनको मर्म अनुसार सरकार सञ्चालन गर्नु पर्ने भन्दै प्रधानमन्त्री ओलीको निर्देशन अनुसार काम गर्नका लागि सबैलाइ निर्देशन दिएका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.