Connect with us

समसामयिक

चोरी र डाँका मुद्दामा छुटेका व्यक्तिबाट जब ठगिए सशस्त्रका सात प्रहरी …

Published

on

सशस्त्र प्रहरी बलका प्रहरीहरू नै ठगीमा परेका छन्। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-२ बतासेका दिनेश सापकोटाले सशस्त्र प्रहरी बलमा कार्यरत् प्रहरीहरूलाई ठगेका हुन्।

सशस्त्र प्रहरी बलको एफपियु (फर्म्ड पुलिस युनिट) मिसनमा पठाइदिने बहानामा सात जनालाई ठगी गरेपछि सापकोटा पक्राउ परेका छन्।

सापकोटालाई दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट आइतबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

२७ वर्षीय सापकोटा भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्दै आएका थिए। सापकोटाले सशस्त्र प्रहरीका ती कर्मचारीसँग रकम लिएको खुलेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

तर, सात जना प्रहरीबाट सापकोटाले के कति रकम लिएको भन्नेबारे स्पष्ट हुन बाँकी रहेको आचार्यले बताए।

सापकोटा विगतमा चोरी तथा डाँका सम्बन्धी कसुर, बैंकिङ कसुर, ठगी तथा आपराधिक विश्वासघात तथा आपराधिक लाभलगायत कसुरमा पक्राउ परेर छुटेका व्यक्ति रहेको अभिलेख प्रहरीसँग छ।

सापकोटालाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.