आज मध्यान्हबाट जनकपुर बोल्टस र सुदूरपश्चिम रोयल्स कीर्तिपुरस्थित त्रिभुवन विश्वविश्वविद्यालयको क्रिकेट मैदानमा एनपिएलको अन्तिम प्रतिस्पर्धा गर्दैछन् । रोचक के भने एनपिएलका यसअघिका दुई चरणका प्रतिस्पर्धामा जनकपुर सुदुरपश्चिमसँग पराजित भएको छ ।
यसर्थ सुदुरपश्चिम अपराजित टिम हो भने उसले ८ मध्य ७ खेल जितेको छ, एकपटक मात्र सो टिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको थियो ।
यता, सुदूरपश्चिम भन्दा एक खेल बढी खेलेको जनकपुर २–२ पटक सुदूरपश्चिमसँग क्रमशः ७२ रन र ८ विकेटले पराजित भएको थियो भने एकपटक चितवन राइनोजसँग ३२ रनले हार्नु परेको थियो ।
आज जनपुर र सुदूरपश्चिम दुवै टोली तेस्रो पटक एक आपसमा भिड्दैछन् । खेलमा कसले बाजी मारेर १ करोड १० लाख नगद पुरस्कार प्राप्त गर्ने हुन् ? त्यसको प्रतिक्षा भने क्रिकेट क्रेजीहरुले गरिरहेका छन् ।