Connect with us

समसामयिक

रुखबाट खसेकी महिलाको निधन

Published

on

कैलालीमा रुखबाट खसेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका–१ की ५७ वर्षीया जोगादेवी साउदको मृत्यु भएको हो। सोमवार बेलुका घर नजिकैको मोहन्याल सामुदायिक वनमा घाँस काट्न गएकी उनी रुखबाट खसेर गम्भीर घाइते भएकी थिइन्।

सुखडमा सामान्य उपचारपछि निसर्ग अस्पताल धनगढी ल्याइएकी उनको हिजो राति नै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.