Connect with us

समसामयिक

फिफा वरियतामा महिला फुटबल टिमको चार स्थान सुधार

Published

on

नेपाली महिला राष्ट्रिय टिमको फिफा वरियतामा सुधार भएको छ । नेपालले चार स्थानको सुधार गर्दै ९९औं स्थानमा झरेको छ । यसअघि नेपाल १०३ स्थानमा थियो ।

हालै काठमाडौँमा सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा गरेको प्रदर्शनपछि नेपालको वरियतामा सुधार भएको हो ।

नेपाली महिला टिमको फिफा वरियतामा अहिलेसम्मको उच्च वरियता ९१औ स्थान हो भने सबैभन्दा कमजोर वरियता ११९औ स्थान हो ।

त्यस्तै महिला फुटबलको वरियताको शिर्ष स्थानमा अमेरिका रहेको छ । त्यस्तै छिमेकी मुलुक भारत ६९औं स्थानमा छ भने नेपाललाई अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा हराएको म्यानमारको वरियता ५५औं रहेको छ ।
 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.