Connect with us

समसामयिक

विश्वकै सबैभन्दा महंगो गाई, जो ५२ करोडमा बिक्री भयो

Published

on

के तपाई पत्याउन सक्नुहुन्छ कि गाईको मूल्य करोडौं रुपैयाँ हुन सक्छ ? यो मजाक होइन तर सत्य हो ।

हो, ब्राजिलमा ‘भियाटिना–१९’ नामको नेलोर गाई ४ मिलियन डलर अर्थात करिब ५२ करोड रुपैयाँमा बिक्री भएको छ ।

अब प्रश्न उठ्छ कि यो गाई किन यति महँगो ? आउनुहोस् यस रहस्यको पर्दाफास गरौं र यो गाईमा के विशेष छ जानौं। गाई दुध दिने मात्र होइन, केही विशेष नस्ललाई तिनीहरूको असाधारण गुणका कारण उच्च मूल्याङ्कन गरिन्छ। 

विश्वमा यस्ता धेरै जात छन्, जो आफ्नो विशिष्ट विशेषताका कारण लाखौं र करोडमा बिक्री हुन्छन्। जापानको वाग्यु ​​र भारतको ब्राह्मण गाई यसका उत्कृष्ट उदाहरण हुन् ।

यी गाईहरू गर्मीमा पनि सजिलै बाँच्न सक्छन् र यिनीहरूको नस्ल एकदमै शुद्ध मानिन्छ। यही कारणले गर्दा विश्वभर नै उनीहरुको माग बढी नै कायम भईरहेको छ ।

विश्वको सबैभन्दा महँगो नेल्लोर गाईः भियाटिना–१९

‘भियाटिना–१९’ नामको यो गाईले ब्राजिलको मिनास गेराइसमा इतिहास रचेको छ । यो अहिलेसम्मकै सबैभन्दा महँगो नेल्लोर जातको गाई बनेको छ । यो गाईको तौल एक हजार १०१ किलोग्राम छ, जुन कुनै पनि सामान्य गाईको भन्दा दोब्बर हो। यो गाई आफ्नो महँगो मूल्यका लागि मात्रै प्रख्यात छैन, यसको विशेष शारीरिक संरचनाले पनि यसलाई विश्वकै सबैभन्दा अनौठो गाई बनाएको छ ।

‘भियाटिना–१९’ सबैभन्दा महँगो गाई मात्र नभएर सौन्दर्यका हिसाबले पनि शीर्ष स्थानमा छ । जसले  ‘गिनिज वल्र्ड रेकर्ड’मा नाम दर्ता गराएकी छिन् भने ‘च्याम्पियन्स अफ द वर्ल्ड’ प्रतियोगितामा  ‘मिस साउथ अमेरिका’को उपाधि पनि जितेकी छिन् । 

यसको सेतो, चम्किलो छाला, लचिलो छाला र उठेको हम्पले यसलाई अझ विशेष बनाउँछ। यी विशेषताहरूको कारण पनि यो गर्मी क्षेत्रमा अझ सजिलै बाँच्न सक्छ र बलियो पनि रहन्छ।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.