Connect with us

समसामयिक

दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला

Published

on

दमकमा दुई जना युवतीसँग होटलमा बास बसेका युवा मृत फेला परेका छन्। सिन्धुली दुधौली नगरपालिका वडा नम्बर १० का ३३ वर्षीय इन्द्रबहादुर सुनुवार बिहीबार बिहान होटलमा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका-६ बसपार्कस्थित मिलन होटल एन्ड लजमा बुधबार राति बसेका सुनुवार बिहान मृत फेला परेको भन्दै सञ्चालकले खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय दमकको टोली घटनास्थल जाँदा उक्त कोठामा मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ की २७ वर्षीया गोमाकुमारी तामाङ भेटिएकी थिइन्। उनी सुनुवारसँग बेलुका खाना खाएर कोठामा बसेकी थिइन्। अनुसन्धान अनुसार रामेछाप मन्थली घर भएकी २० वर्षीया सोनु तामाङसमेत होटलको कोठामा सँगै सुतेका थिए।

गोमाकुमारीले सुनुवार सुतेकै स्थानमा मृत फेला परेको भन्दै होटल सञ्चालिकालाई खबर गरेकी थिइन्। दुबै युवतीलाई प्रहरीले पक्राउ गरेर इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान थालेको छ।

मृतकको शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.