Connect with us

राजनीति

युवा महोत्सवमा युवाहरू भेला हुने क्रम जारी

Published

on

नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौंमा आयोजना गरेको युवा महोत्सवमा युवाहरू भेला हुने क्रम जारी छ । 

देशै भरबाट काठमाडौं आएका युवाहरू भृकुटीमण्डपमा जम्मा हुने क्रम सुरु भएको छ । एमालेले लोकतन्त्र दिवसलाई जनताले जितेको दिन, यूथ सेलिब्रेसनको रूपमा मनाउँदै छ । कार्यक्रममा सहभागी हुन काठमाडौंका विभिन्न स्थलमा जम्मा भएका युवाहरू लोकतन्त्रको पक्षमा नारा लगाउँदै भृकुटीमण्डप जाने क्रम जारी छ । 

सो अवसरमा आज भृकुटीमण्डपमा हुने विशेष कार्यक्रममा १ लाख युवा सहभागी हुने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले दाबी छ । कार्यक्रमलाई एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र विभिन्न उमेर समूहका युवा नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

महोत्सवलाई एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलका साथै युवा र विद्यार्थी नेताले सम्बोधन गर्ने छन् । कार्यक्रममा विभिन्न कन्सर्ट, झाँकी, नृत्य र गीतहरू समेत प्रस्तुत हुँदै छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.