विभिन्न आठ विश्वविद्यालयका उपकुलपतिका निम्ति २१८ जनाको आवेदन परेको छ । जसमध्ये त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिका निम्ति सबैभन्दा बढी आवेदन परेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार, त्रिविका् उपकुलपतिका लागि ५० जनाको आवेदन परेको छ ।

त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयमा ३८, पोखरा विश्वविद्यालयमा ३८, सुदूरपश्चिम विश्वविद्यालयमा १९ जनाको आवेदन परेको छ । 

मध्यपश्चिम विश्वविद्यालयमा २०, लुम्बिनी बौद्ध विश्वविद्यालयमा ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १५ र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिका निम्ति २७ जनाको आवेदन परेको छ । 
सरकारले गएको वैशाख २५ गते अनलाइन माध्यमबाट उपकुलपति बन्नका लागि आवेदन माग गरेको थियो ।