दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम निःशुल्कमा सञ्चालनमा आएपछि प्रतिष्ठानको प्रसूति सेवा थप प्रभावकारी बन्दै गएको छ ।
चालू आर्थिक वर्षको एक महिनामा ३४८ महिलाले निःशुल्क प्रसूति सेवा प्राप्त गरेका छन् । प्रतिष्ठानका प्रसूति रोग विशेषज्ञ प्रा.डा. वसन्त लामिछानेको नेतृत्वमा अन्य प्रसूति रोग विशेषज्ञ चिकित्सकको सहभागितामा निःशुल्क प्रसूति सेवा अस्पतालमा प्रदान गरिँदै आएको छ । आमा सुरक्षा कार्यक्रम निःशुल्करूपमा सञ्चालन भएपछि प्रतिष्ठानमा निःशुल्क प्रसूति गराउन आउनेको सङ्ख्या बढ्दै गएको छ ।
प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सह–प्राडा सुरेश रसाइलीले प्रतिष्ठानमा सञ्चालित निःशुल्क प्रसूति सेवा लिन आउनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको बताएका छन् । प्रतिष्ठानले दिएको जानकारीअनुसार प्रतिष्ठानमा प्रसूति सेवा निःशुल्क भएपछि एक महिनाको अवधिमा नर्मल डेलिभरी २०८ जना र शल्यचिकित्सा सेवा १४० जनाले लिएका छन् ।
✏️ टिप्पणी लेख्नुहोस्