पूर्वमन्त्री गुप्ता ५० लाख धरौटीमा रिहा भएका छन्
अडियो समाचार
यो समाचार सुन्नुहोस्
AI-Generated Audio
0:00
--:--
काठमाडौं, जेठ २० – घुस लिएको आरोपमा पक्राउ परेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले मंगलबार सार्वजनिक गरेको लिखित आदेशमा पूर्वमन्त्री गुप्तालाई धरौटीमा रिहा गर्न भनिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्तालाई सामान्य प्रशासन मन्त्री हुँदा मालपोतका अधिकृत सरुवा गर्न घुस लिएको अभियोगमा मुद्दा दायर गरेपछि विशेष अदालत काठमाडौंले गुप्तालाई पुर्पक्षका लागि थुनामा राखेको छ ।
यसैबीच सर्वोच्च अदालतले चिकित्सा व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारणबारे २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ माग गरेको छ ।
अधिवक्ता आशिष लुइँटेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा आज न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले यस्तो आदेश दिएको हो ।
✏️ टिप्पणी लेख्नुहोस्