नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२।४ प्रतिशत महाधिवेशन प्रतिनिधि उपस्थित भएका छन् । आयोजकले दिएको जानकारीअनुसार ६२.४ प्रतिशत महाधिवशेन प्रतिनिधि भौतिक रुपमै उपस्थित भएर हस्ताक्षर गरेका छन् ।
यसअघि ५४ प्रतिशत महाधिवेशनले विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाएका थिए । त्यही हस्ताक्षरकै आधारमा महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा अहिले विशेष महाधिवेशन बोलाइएको हो ।
✏️ टिप्पणी लेख्नुहोस्