अविरल वर्षापछिको पहिरोले सोलुखुम्बूको फलामखानीमा घर पुरिएको छ। सोलुखुम्बूको दुधकुण्ड नगरपालिका वडा नं. ३ फलामखानीका प्रवीण विकको टिनको छानो र काठले बनेको २ तल्ले घर गएराति पहिरोले पुरेको हो।

पहिरोले बिकको घर पुरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। पहिरोमा परेर मानवीय क्षति नभएको तर गोठमा बाँधेर राखेको एउटा राँगो र ४ वटा बाख्रा मरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।