नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टी नेपालले आफ्नो नाम फेरेर निर्वाचन आयोगबाट प्रमाणपत्र पाएको छ । निर्वाचन आयोगबाट चन्दले १० वर्षसम्मको सशस्त्र द्धन्द्धमा होमिएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नामको दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । आयोगले विप्लव नेतृत्वको माओवादीलाई चुनाव चिन्ह चाहिँ गुलाब दिएको छ।

प्रमाणपत्र लिन विप्लव दलबल, बाजागाजासहित निर्वाचन आयोगमा पुगेका थिए । प्रमाणपत्र प्राप्त गरेपछि हातमा गुलाब बोक्दै उनले नयाँ दल दर्तासँगै नयाँ अभियान सुरु भएकाले देशभर नयाँ अभियानमा अघि बढ्ने प्रतिक्रिया दिए । उनले भने ‘आज पनि जनतामा, भोलि पनि जनतामा । जनताले देखाएको बाटोमै परिवर्तन सम्भव छ।’