Nepalmuhar Full version →
राजनीति

तारिख बुझेर फर्किए रवि लामिछाने

Nepalmuhar May 27, 2026
स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दामा लामिछाने ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा  नियमित तारिखका निम्ति उपस्थित भएका छन् । बुधबार (जेठ १३) तारिख बुझ्न उनी अदालत पुगेका थिए।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनको आफूविरुद्धको विचाराधीन मुद्दामा तारिख बुझ्न उनी सहकर्मीसहित अदालतको फाँटमा पुगेका थिए । स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दामा लामिछाने ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

लामिछानेको र्को तारिख आउँदो असार ११ गतेका निम्ति तय भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिएका छन् ।
रवि लामिछाने तारिख