राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा नियमित तारिखका निम्ति उपस्थित भएका छन् । बुधबार (जेठ १३) तारिख बुझ्न उनी अदालत पुगेका थिए।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनको आफूविरुद्धको विचाराधीन मुद्दामा तारिख बुझ्न उनी सहकर्मीसहित अदालतको फाँटमा पुगेका थिए । स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दामा लामिछाने ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
लामिछानेको र्को तारिख आउँदो असार ११ गतेका निम्ति तय भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिएका छन् ।
✏️ टिप्पणी लेख्नुहोस्