Nepal Muhar Full version →
राजनीति

रास्वपाको आन्तरिक उमेदवारी आवेदन खुला, २५ हजार शुल्क

Nepalmuhar December 7, 2025
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको आन्तरिक उमेदवार छनोट प्रक्रियामा सहभागी हुन आवेदन खुला गरेको छ । उमेदवार छनोट समितिका संयोजक विपिनकुमार आचार्यका अनुसार आजदेखि उमेदवारी आवेदन खुला गरिएको छ । आवेदन रास्वपाको आधिकारिक मोबाइल एपमार्फत...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको आन्तरिक उमेदवार छनोट प्रक्रियामा सहभागी हुन आवेदन खुला गरेको छ ।

उमेदवार छनोट समितिका संयोजक विपिनकुमार आचार्यका अनुसार आजदेखि उमेदवारी आवेदन खुला गरिएको छ । आवेदन रास्वपाको आधिकारिक मोबाइल एपमार्फत् दिन सकिने व्यवस्था गरिएको छ ।

आवेदन दिन चाहनेले २५ हजार रुपैयाँ बुझाउनुपर्नेछ । विपन्नहरुले पनि आवेदन दिन सक्नेछन्। तर विपन्नता पुष्टि हुने कागजात पेस गर्नुपर्नेछ । आवेदकहरुमध्येबाट उमेदवार छनोट गरिने रास्वपाले जनाएको छ ।

Featured रास्वपा आन्तरिक उमेदवारी