Nepalmuhar Full version →
राजनीति

डडेल्धुराबाट तारा जोशी रास्वपाका उम्मेदवार, प्रदेश सांसदबाट दिए राजीनामा

Nepalmuhar January 19, 2026
डडेल्धुरा प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेश सभामा विजयी भएका डा. तारा जोशी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने भएका छन् । उनी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा आवद्ध भएका थिए । तर, उज्यालो नेपाल र रास्वपाबीच एकता भएको थियो । एकता विघटन भएपछि जोशी रास्वपामै रहेका...

डडेल्धुरा प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेश सभामा विजयी भएका डा. तारा जोशी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने भएका छन् । उनी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा आवद्ध भएका थिए । तर, उज्यालो नेपाल र रास्वपाबीच एकता भएको थियो । एकता विघटन भएपछि जोशी रास्वपामै रहेका थिए । उनै जोशीलाई रास्वपाले डडेल्धुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनाउने भएको छ ।

अघिल्लो पटक डडेल्धुरामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र लडेका सागर ढकालको चर्चा रहेपनि रास्वपाले डा. जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जोशी कांग्रेस माओवादीको गठबन्धनबाट उम्मेदवार बनेका तत्कालीन सामाजिक विकास मन्त्री गोविन्दराज बोहरालाई ४ सय २५ मतले पछि पार्दै विजयी भएका थिए ।

प्रदेशसभा सदस्य रहँदै प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएपछि उनले सांसद पदबाट राजीनामा दिएका छन् । काठमाडौं रहेका जोशीले सभामुख भीम भण्डारीलाई हिजै इमेलमार्फत राजीनामा पठाएको जानकारी दिएका छन् ।

Featured डडेल्धुरा तारा जोशी