डडेल्धुरा प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेश सभामा विजयी भएका डा. तारा जोशी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने भएका छन् । उनी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा आवद्ध भएका थिए । तर, उज्यालो नेपाल र रास्वपाबीच एकता भएको थियो । एकता विघटन भएपछि जोशी रास्वपामै रहेका थिए । उनै जोशीलाई रास्वपाले डडेल्धुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनाउने भएको छ ।

अघिल्लो पटक डडेल्धुरामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र लडेका सागर ढकालको चर्चा रहेपनि रास्वपाले डा. जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जोशी कांग्रेस माओवादीको गठबन्धनबाट उम्मेदवार बनेका तत्कालीन सामाजिक विकास मन्त्री गोविन्दराज बोहरालाई ४ सय २५ मतले पछि पार्दै विजयी भएका थिए ।

प्रदेशसभा सदस्य रहँदै प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएपछि उनले सांसद पदबाट राजीनामा दिएका छन् । काठमाडौं रहेका जोशीले सभामुख भीम भण्डारीलाई हिजै इमेलमार्फत राजीनामा पठाएको जानकारी दिएका छन् ।