नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

विशेषगरी पोखरा,भैरहवा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारमा अधिकारीको संलग्नता रहेको पुष्टिसँगै थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ । उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी छ ।

अहिले हिरासतमा राख्ने म्याद थपका लागि अदालत लगिदैछ ।