Connect with us

अन्तर्राष्ट्रिय

इरानी रिभोलुसनरी गार्डका गुप्तचर प्रमुख माजिद खादेमीको हत्या

Published

on

इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको गुप्तचर संगठनका प्रमुख माजिद खादेमीको सोमबार हत्या भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

गार्ड्सले आफ्नो टेलिग्राम च्यानलमा पोस्ट गर्दै भनेको छ, “इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको गुप्तचर संगठनका शक्तिशाली र शिक्षित प्रमुख मेजर जनरल माजिद खादेमी आज (सोबार) बिहानै अमेरिकी–इजरायली आपराधिक आतंकवादी हमलामा सहिद हुनुभएको छ ।”

युद्धविराम र होर्मुज जलमार्ग खोल्ने प्रस्ताव

इरान–अमेरिकाले युद्ध अन्त्य गर्ने उद्देश्यले प्रस्तावित खाका प्राप्त गरेको रोयटर्सले उल्लेख गरेको छ । उक्त प्रस्ताव सोमबारदेखि नै लागु हुन सक्ने र विश्वव्यापी ऊर्जा ढुवानीका लागि महत्त्वपूर्ण मार्ग ‘होर्मुज जलमार्ग’ पुनः खोल्न सक्ने सम्भावना रहेको बताइएको छ ।

तनाव कम गर्ने योजनाका लागि इरान र अमेरिकाबीच समन्वय तथा आदानप्रदान गरिएको बताइएको छ । यसमा दुई चरणको अवधारणा समावेश गरिएको छ । जसअन्तर्गत सुरुआतमा तत्काल युद्धविराम लागु गरिनेछ । त्यसपछि थप स्थायी सम्झौताका लागि प्रक्रिया अघि बढाइनेछ । यो खाका पाकिस्तानद्वारा तयार पारिएको जनाइएको छ । स्रोतले भनेको छ, “आज सबै पक्षमा सहमति हुनु आवश्यक छ ।”

प्रारम्भिक समझदारीलाई पाकिस्तानमार्फत इलेक्ट्रोनिक माध्यमबाट समझदारीपत्रका रूपमा औपचारिक रूप दिइने पनि जनाइएको छ ।
एजेन्सीहरु

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.