युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । गुप्ताले राजीनामा दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट ‘जेनजी’ पुरुषोत्तम यादवले पुष्टि गरे । यादवले भने, ”उहाँले हजिो आइतबार (माघ ४) मै राजीनामा दिनु भएको हो । अहिले वनि मन्त्री र म सँगै छौँ ।”

गुप्ता गएको कात्तिक ९ गते मन्त्री बनेका थिए । उनको राजीनामा भने स्वीकृत हुन बाँकी छ । गुप्ताले रास्वपाबाट प्रत्यक्ष निर्वाचन लड्ने भएका छन् ।