नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता आयुष दाहालले श्रेष्ठ विरुद्ध अपहेलना मुद्दा दर्ता गराएका हुन् । उक्त मुद्दाको सुनुवाइका लागि भोलि (मंगलबार) भदौ १७ गते नै पेसी तोकिएको छ ।
श्रेष्ठले अदालत,न्यायाधीश र समग्र न्याय प्रणालीमाथि आँच आउने गरी टिप्पणी गरेको भन्दै अधिवक्ता दाहालले अवहेलनामा कारबाही हुनुपर्ने मागसहित निवेदन दिएका हुन् । केही दिन अघि पूर्वउपप्रधान मन्त्री श्रेष्ठले अदालत पुग्ने व्यक्तिहरूले घुस खुवाउन वा भनसुन गर्न नसके न्याय नपाउने भनी सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए । तर, अदालत आफू सचिनुको साटो यस्ता अभिव्यक्ति दिनेहरुप्रति अपहेलना मुद्दा लगाउन उद्दत छ ।
✏️ टिप्पणी लेख्नुहोस्