नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिरहाको भगवानपुरमा मर्निङ वाकमा निस्केका छन्। प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अर्का उपाध्यक्ष अग्नी सापकोटालगायतको माओवादी टोली प्राभ भ्रमणमा हिडेका हुन् । तराई–मधेश जागरण अभियान क्रममा जनतासँग माओवादी, हुलाकीमार्ग केन्द्रित भएर माओवादी दोडाहामा छ । त्यसक्रममा माओवादी टोली हिजो साँझ सिरहाको भगवानपुर पुगेको थियो ।
गए राति अध्यक्ष प्रचण्डको टोली स्थानीय व्यवसायी बलराम साहको घरमा बसेको थियो । एकै घरमा नअट्ने भएकाले नेताहरुलाई फरक फरक ठाउँमा बासको व्यवस्था मिलाईको पार्टीले जनाएको छ। वबस बस्ने स्थानहरुमै खाना व्यवस्था मिलाईएको माओवादी सिरहा इन्चार्ज अजय शंकर नायकले जानकारी दिए।
अहिले बिहान सामुहिक बलात्कार पछि शंङ्कास्पद मृत्युवरण गरेकी स्वर्गिय रिङ्कु सदायको नवराजपुर १ मा परिवारसँग भेटघाट, नगराजपुर चौकमा स्वागत, बरियारपट्टीमा भेटघाट तथा स्वागत, दरहिया, औरही, गणेशपुर, कृष्णपुर चौकमा स्वागत पश्चात अपरान्ह सिरहा सदरमुकाममा जनसभा आयोजना गर्ने कार्यक्रम रहेको इन्चार्ज नायकले बताएका छन्।
जनसभा पश्चात बसविट्टाचौकमा स्वागत थापेर प्रचण्डको टिम धनुषा प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
✏️ टिप्पणी लेख्नुहोस्