काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजाल पक्राउ परेका छन् । जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस अनुसार अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो।
गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको समयमा उनी काठमाडौंको सीडीओ थिए । आज मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको हो।
जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको सिफारिस अनुसार पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले गत शनिबार नै नियन्त्रणमा लिइसकेको छ ।
✏️ टिप्पणी लेख्नुहोस्