Connect with us

अन्तर्राष्ट्रिय

महिला टी-२० विश्वकपमा अस्ट्रेलियाको लगातार तेस्रो जित

Published

on

जारी आइसीसी महिला टी-२० विश्वकप अन्तर्गत अस्ट्रेलियाले लगातार तेस्रो जित हासिल गरेको छ ।

शुक्रबार राति सम्पन्न खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो ।

पाकिस्तानले दिएको ८३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ११ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै १९.५ ओभरमा अल आउट हुदै ८२ रन बनाएको थियो ।

डिफेन्डिङ च्याम्पियन रहेको अस्ट्रेलियाको यस विश्वकपमा यो लगातार तेस्रो जित हो । समुह ए मा अस्ट्रेलिया ३ जितसहित ६ अंक बटुलेर शिर्ष स्थानमा रहेको छ । त्यसैगरी पाकिस्तानको ३ खेलमा २ अंक मात्र रहेको छ ।

अब अस्ट्रेलियाले अर्को खेल भारतविरुद्ध आइतबार खेल्दै छ भने पाकिस्तानले सोमबार न्यूजील्याण्डसँग खेल्ने तालिका रहेको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.