अमेरिकामा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले आफ्नो उपराष्ट्रपतिको उम्मेदवार चयन गरेकी छन् । ह्यारिसले मिन्नेसोटाका गभर्नर टिम वाल्जलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएकी छन् ।
पूर्वशिक्षक वाल्ज अहिले मिन्नेसोटाको गभर्नरको रुपमा दोस्रो कार्यकालमा छन् । उनले त्यसअघि १२ बर्ष अमेरिकी काँग्रेसमा प्रतिनिधित्व गरेका थिए । पछिल्ला दिनहरुमा रिपब्लिकनलाई कडा चुनौती दिइरहेका वाल्जलाई ह्यारिसले उपराष्ट्रपतिका लागि चयन गरेकी हुन् ।
सिएनएनले ह्यारिसले आज केहि घण्टामा नै वाल्ज आफ्नो उपराष्ट्रपतिको उम्मेदवार चयन गर्ने उल्लेख गरेको छ र वाल्ज आजै कमला ह्यारिससँग सार्बजनिक रुपमा देखापर्ने बताएको छ ।