सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पोखरामा गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। रास्वपा कार्यकर्ताले निषेधित क्षेत्र तोड्न प्रयास गरेपछि अश्रुग्यास प्रहार गर्नु परेको प्रहरीले जनाएको छ । हुन पनि रास्वपा कार्यकर्ताहरु उत्तेजक रुपमा प्रस्तुत भइरहेका छन् ।
तिहारमा हिरासतमै रहेका लामिछानेलाई आज तिहार बिदा सकिनासाथ तेस्रोपटक म्याद थपका लागि कास्की जिल्ला अदालत लगिएपछि रास्वपा पुनः आन्दोलित भएको हो। रास्वपाका नेता कार्यकर्ताले रत्नचोकबाट अगाडि बढ्दै वाइचोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।
✏️ टिप्पणी लेख्नुहोस्