देशका विभिन्न ठाउँमा आज (चैत २५) मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार, सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ । कोसी र वाग्मती प्रदेशको पहाडी र हिमाली भूभागका केही ठाउँहरू, मधेस प्रदेशसहित तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
‘सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरू, कोसी र वाग्मती प्रदेशको पहाडी र हिमाली भूभागका केही ठाउँहरू, मधेस प्रदेशसहित तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ,’ मौसमविद् लामिछानेले भने ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । आजदेखि थप बढ्ने भएकाले मौसमको अवस्थाअनुसार सावधानी अपनाउन उनले अनुरोध गरे । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लाग्ने तथा बाँकी भूभागमा साधारणतया बादल लाग्नेछ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा भारी वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ । ‘गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा भारी वर्षारहिमपातको सम्भावना रहेको छ । मधेस, लुम्बिनी, गण्डकी, वाग्मती र कोसी प्रदेशको पहाडी र तराई भूभागमा केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
आज राति, देशभर साधारणतया बादल लाग्नेछ । कोसी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागको धेरै स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
✏️ टिप्पणी लेख्नुहोस्