राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजबाट चुनावीसभा सुरु गर्दै छ । रास्वपाले पहिलो चुनावीसभा जनकपुरबाट सुरु गर्न लागेको हो ।
रास्वपाका नेताहरू हिजो आइतबार नै जनकपुरधाम पुगिसकेका छन् । हिजो साँझ पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लगायत नेताहरू जनकपुर पुगेका हुन् ।
आज तिरहुतिया गाछीमा हुने चुनावीसभालाई सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेनलगायतले सम्बोधन गर्दैछन् ।
✏️ टिप्पणी लेख्नुहोस्