राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक जीवनका विभिन्न क्षेत्रमा ख्याती कमाएकाहरुलाई समेटेर निर्वाचन आयोगमा समानुपातिक सूची बुझाएको छ। गएराति निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा चर्चित गायक प्रकाश सपुत, क्रिकेटर ज्ञानेन्द्र मल्ल, नायिका रिमा विश्वकर्मासम्मलाई समेटेको छ।
रास्वपाले बालेन शाह र कुलमान घिसिङ समूहका प्रतिनिधिलाई पनि समेटेर निर्वाचन आयोगमा ११० जनाको नामावली बुझाएको हो। जहाँ क्रिकेटर मल्लको नाम आदिवासी जनजाति क्लस्टरको पुरुषतर्फ पाँचौँ नम्बरमा समावेश छ। त्यस्तै चर्चित गायक प्रकाश सपुतलाई पनि समानुपातिक सूचीमा राखेको छ। सूचीको दलित पुरुष क्लस्टर तर्फको दोस्रो नम्बरमा सपुतलाई राखिएको छ।
आदिवासी जनजातिको महिला क्लस्टरको पहिलो नम्बरमा टासी लाजोमलाई राखेको छ। खस आर्य क्लस्टरको पुरुषतर्फको पहिलो नम्बरमा विपिन कुमार आचार्य परेका छन्। त्यसैगरि नेपाल पार्टीका अध्यक्ष अनुप कुमार उपाध्यायलाई समानुपातिक सूचीको छैटौँ नम्बरमा राखेको छ।
खस आर्य समूहको महिलातर्फ पहिलो नम्बरमा प्रतिभा रावलको नाम छ। रास्वपाले थारु (पुरुष) तर्फ सुरेन्द्र चौधरी र महिलातर्फ गीता चौधरीलाई पहिलो नम्बरमा राखेको छ। दलित पुरुष तर्फ रुपक विश्कर्मा घिमिरे पहिलो नम्बरमा छन् भने दलित महिलातर्फ रिमा विश्वकर्मा पहिलो नम्बरमा छिन्।
मधेशी समुदायको पुरुषतर्फ पहिलो नम्बरमा डा. नन्दन यादव र महिलातर्फ पुनम कुमारी अग्रवाल राखिएका छन्। मुस्लिम समुदायको पुरुषतर्फ पहिलो नम्बरमा आसिफ शाह छन्। मुस्लिम महिलातर्फ पहिलो नम्बरमा समिना मियाँ छिन्।
हेर्नुहोस् रास्वपाको समानुपातिक सूची…




✏️ टिप्पणी लेख्नुहोस्