ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८/र२०८३ का लागि ७अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँको ववार्षिक बजेट नगरसभामा प्रस्तुत गरेको छ। महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरसभामा उक्त बजेट प्रस्तुत गरेकी हुन्। स्थानीय तहको वार्षिक बजेट उपप्रमुखहरुले पेश गर्ने कानुनी व्यवस्था छ ।
चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार र पूँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख र २३ हजार रुपैयाँको बजेट विनियोजन गरिएको छ। नगरलाई समृद्ध, शुसासन, सम्पदा र संस्कृति संरक्षण , दिगो पूर्वाधार, हरियाली प्रर्वर्द्धन, पर्यावरण, आत्मनिर्भर अर्थतन्त्र, गुणस्तरीय शिक्षा, घर-घर स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य युवा रोजगारलगायतका क्षेत्रलाई बजेटले प्राथमिकता दिइएको प्रस्तुत बजेटमा उल्लेख छ ।
✏️ टिप्पणी लेख्नुहोस्