भ्रष्टाचार मुद्दामा निलम्बनमा रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दै छ। अहिले केहीबेरपछि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक बस्ने तय भएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिएका छन्।
बैठकमा पतञ्जली जग्गा प्रकरणमा अध्यक्षा नेपालमाथि लागेको भ्रष्टाचार मुद्दा लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने ज्वालाले जानकारी दिए। अघिल्लो सचिवालय बैठकमा अध्यक्ष नेपालले आफूमाथि लागेकाआरोपबारे ब्रिफिङ गरेका थिए। आज त्यसबारे छलफल जारी रहने प्रचार विभाग प्रमुख ज्वालाको भनाइ छ ।
आजको सचिवालय बैठकमा नेता रामकुमारी झाक्रीको विषयमा पनि छलफल हुने बताइएको छ। त्यसमा एजेन्डा नै तय गरिएको नभए पनि छलफलका क्रममा विषय उठान हुने अर्का एक नेताले बताए। अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि झाक्रीले अर्ली महाधिवेशन गरेर अध्यक्ष फेर्नुपर्ने बताएकी थिइन्।
ुसिनो बोकेर हिँड्न नसक्नेु भनेपछि पार्टीभित्र झाँक्रीको चर्को आलोचना भएको छ। भ्रष्टाचार मुद्दामा निलम्बनमा परे पनि नेपाल अध्यक्षमा लिसो टाँसिएझैँ टासिइरहेका छन् ।
✏️ टिप्पणी लेख्नुहोस्