Connect with us

राजनीति

एमालेले बोलायो सचिवालय बैठक

Published

on

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। आज मंगलबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालयको छैटौं बैठक बस्न लागेको हो।

आज बस्ने सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीविरूद्ध एमालेले सुरू गरेको आन्दोलनबारे छलफल हुने सचिवालयका एक सदस्यले जानकारी दिएका छन् । त्यस्तै प्रतिनिधि सभाको पहिलो बैठक आह्वान भएको सन्दर्भमा संसदमा एमालेको रणनीति कस्तो हुने भन्नेबारे पनि छलफल हुने उनले बताएका छन् ।

गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली पक्राउ परेका छन्। गत शनिबार बिहान पक्राउ परेका ओलीलाई काठमाडौं जिल्ला अदालतले पाँच दिनको म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

स्वास्थ्यावस्थाका कारण ओली अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । एमालेले सरकारले राजनीतिक प्रतिशोध साधेर पक्राउ गरेको भन्दै आन्दोलन गरिरहेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.