Connect with us

अन्तर्राष्ट्रिय

ट्रम्पले हटाए महान्यायाधिवक्ता

Published

on

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार महान्यायाधिवक्ता पाम बोन्डीले आफ्नो पद छोड्न लागेको घोषणा गरेका छन् ।

“पाम बोन्डी एक महान अमेरिकी देशभक्त र एक वफादार साथी हुनुहुन्छ, जसले गत वर्ष मेरो महान्यायाधिवक्ताको रूपमा निष्ठापूर्वक सेवा गर्नुभयो,” ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा लेख्दै भनेका छन्, “पामले हाम्रो देशमा अपराधविरुद्धको ठूलो अभियानको रेखदेख गर्दै उत्कृष्ट काम गर्नुभएको छ ।”

ट्रम्पका अनुसार, बोन्डी अब निजी क्षेत्रमा अत्यन्त आवश्यक र महत्त्वपूर्ण नयाँ जागिरमा प्रवेश गर्दै छिन्, जसको घोषणा निकट भविष्यमा गरिनेछ ।

बोन्डीको स्थानमा अब डेपुटी एटर्नी जनरल टोड ब्लान्चले अन्तरिम महान्यायाधिवक्ताको रूपमा जिम्मेवारी सम्हाल्ने ट्रम्पले बताएका छन् । ब्लान्च ट्रम्पका व्यक्तिगत वकिलहरूमध्ये एक हुन्ज, सले दोस्रो कार्यकालका लागि निर्वाचित हुनुअघि उनले सामना गरेका विभिन्न आपराधिक मुद्दाहरूमा प्रतिरक्षा गरेका थिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.