अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले मध्यपूर्वमा तैनाथ आफ्ना सेनाले आज आइतबार इरानका दुई ड्रोन खसालेको दाबी गरेको छ।
सेन्टकमले एक्समा लेखेको छ, ‘आज मध्यपूर्वमा तैनाथ अमेरिकी सेनाले एकतर्फी आक्रमण गरिरहेका दुई इरानी ड्रोन खसालेको छ। यी ड्रोनले होर्मुज स्ट्रेटमा अन्तर्राष्ट्रिय समुद्री यातायातका लागि खतरा सिर्जना गरिरहेका थिए।’
अमेरिका र इरानबिच युद्धविराम गरिए पनि दुवै देशका सेनाले एकअर्कालाई यो उल्लंघन गरिरहेको आरोप लगाइरहेका छन्। यसअघि हिजो शनिबार इरानले बहराइन र कुवेतमा आक्रमण गरेको रिपोर्ट सार्वजनिक भएको थियो।
इरानले भने आफ्ना राडारमा अमेरिकाले आक्रमण गरेपछि जवाफ दिएको बताएको छ।
✏️ टिप्पणी लेख्नुहोस्