राष्ट्रिय प्रजातन्त्रका निवर्तमान महामन्त्री धवलशम्शेर राणा (विद्यावारिधि) र राजावादी अभियन्ता दुर्गा प्रसाईँले राजसंस्था पुनर्स्थापनाको उद्देश्यसहित एकीकरण गरेका छन् । उनीहरूले आज एक कार्यक्रमबीच एकताको समझदारी पत्रमा हस्ताक्षर गरे ।
समझदारी पत्रमा हस्ताक्षरसँगै प्रसाईँले आफ्नो नेतृत्वको ‘नागरिक बचाउ महाअभियान’ विसर्जन भएको घोषणा गरेका छन् । मलमास सकिए लगत्तै नयाँ पार्टीको औपचारिक एकीकरण हुने राणाले बताएका छन् । कार्यक्रममा राणाले भने, ‘पार्टीको नाम र झण्डा हामी विज्ञहरूसँग बसेर टुंगो लगाउनेछौँ । मलमासपछि नयाँ पार्टीको घोषणा हुन्छ ।’
हेर्नुहोस् समझदारी पत्र


✏️ टिप्पणी लेख्नुहोस्