काठमाडौंमा भइरहेको काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनल खेलहरु आज हुँदैछ । घरेलु टोली नेपाल साविक विजेता इरानसँग प्रतिस्पर्धा गर्दैछ भने अर्को सेमिफाइनलमा भारतले काजखस्तानसँग खेल्नेछ ।
८ टोली सहभागी च्याम्पियनसिपमा भारत र नेपाल क्रमशः समूह ए को विजेता र उपविजेता बनेका छन् । यता इरान र काजखस्तान समूह बी को विजेता र उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका छन्।
समूह ए को विजेता भारत र समूह बी को उपविजेता काजखस्तानबीचको पहिलो सेमिफाइनल दिउँसो साढे २ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा सुरु हुनेछ । भारतले सन् २०२४ मा काठमाडौं भएको यस च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि जितेको थियो । काजखस्तान भने यस च्याम्पियनसिप खेल्ने मध्ये सबैभन्दा माथि वरियतामा रहेको टिम हो ।
समूह ए मा भारतले ३ वटै खेल जितेर अपराजित रहेको थियो भने काजखस्तानले समूह बी मा दुई खेल जित्दा एक खेलमा पराजित भएको थियो । समूह बी को विजेता इरान र समूह ए को उपविजेता नेपालबीच साँझ ५ बजे कभर्डहलमै दोस्रो सेमिफाइनल हुनेछ । इरानले समूह बी मा खेलेको तीनवटै खेल जितेको थियो । जहाँ इरानले विपक्षी विरुद्ध सबै खेल सोझो सेटमा जितेको थियो ।
यस खेलमा च्याम्पियनसिप विजेता एसियन कपम छनोट हुने नेपाल भलिबल संघले जानकारी दिएको छ ।
✏️ टिप्पणी लेख्नुहोस्