गुल्मीको रेसुङ्गा नगरपालिका- ४ रैदी स्थित तम्घास(बुर्तिबाङ सडकखण्डमा कार दुर्घटनामा परेका सांसदद्धय सागर ढकाल र सुशान्त वैदिक सकुशल रहेका प्रहरीले जनाएको  छ । उनीहरु सवार कार आज शुक्रबार साँझ १७.४० बजे बाग्लुङबाट तम्घासतर्फ आँउदै गर्दा दुर्घटना भएको थियो । 

प्रहरीका अनुसार प्युठानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुशान्त वैद्यिकले बा प्र -०१-०२९ च ७३४३ नं. को BYD E.V. कार चलाएका थिए । कार आफैं अनियन्त्रित भई सडकको डिलमा अड्किएको थियो ।

प्रहरी प्रधान कार्यालयले बुलेटिन जारी गर्दै भनेको छ, दुर्घटनामा गुल्मी क्षेत्र नं।.१ का माननीय प्रतिनिधिसभा सदस्य सागर ढकाल सहित ३ जना सवार रहेकामा कुनै मानवीय क्षति नभएको तथा कार घटनास्थलबाट निकाली सदरमुकाम तम्घासतर्फ ल्याइएको छ ।