चालु आर्थिक वर्षको प्रथम १० महिनामा वीरुगञ्ज भन्सार नाकाबाट ८८ अर्ब २२ करोड बराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।
गत आवको सोही अवधिमा ८३ अर्ब २५ करोड बराबरका वस्तु तथा सेवा निर्यात भएका वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिएका छन्।
चालु आवको १० महिनामा ४८ अर्ब ११ करोड बराबरको भटमासको प्रशोधित तेल, पाँच अर्ब ३५ करोडको प्रशोधित सूर्यमुखी तेल तथा छ अर्ब ४२ करोड बराबरको फलफूलको रस निर्यात भएको छ ।
यसैगरी तीन अर्ब तीन करोडका कपडा तथा दुई अर्ब २५ करोड बराबरको ‘सिन्थेटिक यार्न’ निर्यात भएको छ ।
✏️ टिप्पणी लेख्नुहोस्