सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ ।
उनलाई ‘बोनम्यारो क्यान्सर’ देखिएपछि एक महिनादेखि सो अस्पतालमा उहाँको उपचार भइरहेको छ ।  

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार न्यायाधीश श्रेष्ठलाई ‘बोनम्यारो क्यान्सर’ देखिएपछि एक महिनाअघि देखि त्यहाँ उपचार गराइ रहेका छन् । पछिल्लो समय न्यायाधीश श्रेष्ठको स्वास्थ्यमा सुधार भइरहेको छ।