फिफा विश्वकप २०२६ का लागि पानामाको अन्तिम टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक थोमस त्रिस्टियनसेनले विश्वकपका लागि २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन्।
सन् २०१८ पछि विश्वकपमा स्थान बनाएको पानामाको अन्तिम टोलीमा नर्विच सिटीका डिफेन्डर जोस कडोबालाई समेट्दै विश्वकप खेल्ने टोलीको घोषणा भएको छ। पानामाले जुन १७ मा घानाविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ। समुह चरणको दोस्रो खेलमा २३ जुनमा क्रोएशिया र २७ मा इंग्ल्यान्डविरुद्ध खेल्नेछ।
पानामाको टोली
गोलकिपरः ओर्लान्डो मस्केरा, लुइस मेजिया, सेजर सामुडियो
डिफेन्डरः सेजर ब्ल्याकम्यान, जर्ज गुटेरेज, अमिर मुरिलो, फिडेल एस्कोबार, एन्ड्रेस एन्ड्रेड, एडगार्डो फारिना, जोस कर्डोबा, एरिक डेभिस, जिओवानी रामोस, रोडरिक मिलर
मिडफिल्डरः अनिबल गोडोय, एडल्बटो कार्रास्किला, कार्लोस हार्वे, क्रिस्टियन मार्टिनेज, जोसे लुइस रोड्रिगेज, सेजर यानिस, योएल बार्सेनास, अल्बर्टो क्विन्टेरोअजरियास लन्डोनो
फरवार्डः इस्माइल डियाज, सेसिलियो वाटरम्यान, जोसे फजार्डो, टोमस रोड्रिगेज
✏️ टिप्पणी लेख्नुहोस्