राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै छन् ।

लामछिाने भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत जान लागेका हुन् । भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट तथा त्यहाँ रहेका नेपालीसँग समेत संवाद गर्ने रास्वपाको भनाइ छ ।  

रविसँग श्रीमती निकिता पौडैल, सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहोरा र प्रदीप आचार्य भारत जाने रास्वपाले जनाएको छ । 

भाजपाले रविको भ्रमणबाट अन्तरपार्टी सम्बन्ध थप सौहार्द हुने विश्वास गरेको छ । सत्तामा पुगेको पार्टीलाई भारतीइ जनता पार्टीले विगतमा पनि यसरी निम्ता दिने गरेको थियो ।