सरकारले स्थलमार्गबाट आउँदा ल्याउन पाउने एक सय रुपैयाँको किनमेल दर बढाएको छ । नयाँ व्यवस्थाअनुसार अब ५०० रुपैयाँसम्मको वस्तु ल्याउन पाइनेछ । यसअघि रहेको एक सय रुपैयाँ दरलाई परिमार्जन गर्दे पाँच सय पुर्‍याइएको हो ।

“स्थलमार्गबाट सिमाना ओहोरदोहोर गर्ने व्यक्तिलाई यस सूचनामा उल्लेख भएका कुनै पनि सुविधा दिइने छैन । तर, पाँच सय रुपैयाँ मूल्यसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लागेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछ,” सूचनामा उल्लेख छ ।