राजस्व अनुसन्धान विभाग राजस्व अनुसन्धान कार्यालय बुटवलले नवज्योति ट्रेडर्सका प्रोप्राइटर सौरभ यादवसमेत ४ जनाविरुद्ध राजस्व चुहावटको कसुरमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा बिगो र जरिवाना गरी झण्डै ७ करोड रुपियाँको मुद्दा दायर गरेको छ ।
नवलपरासी रामग्राम नगरपालिका–८ स्थित नवज्योति ट्रेडर्सका प्रोप्राइटर यादव र क्रेता आगवन स्टोर्स एन्ड अर्डर सप्लायर्सका सञ्चालक पुष्पा शर्माले सञ्चालन गरेको व्यवसायको कारोबार विश्लेषण गर्दा बिक्रेताले ५० लाख रुपियाँभन्दा बढी रकमको करयोग्य वस्तुको बिक्री गरेको देखिए तापनि करदाता मूल्य अभिवृद्धि करमा दर्ता नभएको र पटकपटक चामलको बिल बनाई अवैध रूपमा भन्सार चोरी पैठारी गरी भारतीय चिनीको कारोबार गरेको देखिएकाले उनीहरूविरुद्ध ३ करोड ४७ लाख ६२ हजार बिगो र शतप्रतिशत रकम जरिवाना तथा हदैसम्मको कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
कार्यालयका अनुसार प्रतिवादी क्रेता पुष्पा शर्मालाई भन्सार चोरी पैठारीतर्फ ११ लाख ७१ हजार बिगो र बिगो जफत गरी शत प्रतिशत रकम जरिवाना माग गर्दै मुद्दा दायर गरिएको छ भने अर्का प्रतिवादी हिक्मतप्रसाद आचार्यको हकमा निजले क्रेता पुष्पा शर्मालाई प्रत्यक्ष सघाएको देखिएकोले राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ को दफा २३९३० को कसूरमा सोही दफा २३९३० बमोजिम आधा सजाय मागदाबी र प्रतिवादी विनोद थापाको हकमा उक्त राजस्व चुहावटको कसूरमा संलग्नता रहेको पुष्टि भएकोले राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३३९३० को कसूरमा सोही दफा ३३९३० बमोजिम नै जरिवाना हुन मागदाबी उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर भएको छ ।
✏️ टिप्पणी लेख्नुहोस्